• Wednesday 26th of February 2020

आर्चरलाई दुर्व्यवहार गर्ने एक क्रिकेट समर्थकलाई दुईवर्षको लागी यस्तो प्रतिबन्ध


  • खुल्ला संसार
  • मङ्ल, पुस २९, २०७६

एजेन्सी ः इंग्ल्याण्डका फास्ट बलर जोफ्रा आर्चरलाई रंगभेदी दुर्व्यवहार गर्ने एक क्रिकेट समर्थकलाई २ वर्षको लागी प्रतिबन्ध लागेको छ ।

आर्चरलाई दुर्व्यवहार गर्ने समर्थकलाई न्युजिल्यान्ड क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट हेर्न दुई वर्षको प्रतिबन्ध लगाएको हो । अब उनले दुई वर्षसम्म न्युजिल्यान्डमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल मैदानमा गएर हेर्न नपाउने भएका छन्।

आर्चरलाई ती व्यक्तिले गत नोभेम्बरमा न्युजिल्यान्डविरुद्धको पहिलो टेष्ट दौरान दुर्व्यवहार गरेका थिए । बर्ष २८ का ती व्यक्तिको नाम भने अहिले गोप्य राखिएको छ ।

आर्चरले टेष्ट अन्तिम दिन समर्थकले दुर्व्यवहार गरेपछि उक्त विषयमा प्रहरीमा रिपोर्ट गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology