• Wednesday 26th of February 2020

हात्तीले लियो एकको ज्यान


  • खुल्ला संसार
  • सोम, पुस २८, २०७६

काठमाडौं ः पश्चिम मकवानपुरको मनहरीमा हात्तीको आक्रमणमा परेर एकको ज्यान गएको छ। उक्त हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेमा मनहरी ३ मेलडाँडामा बस्ने कर्ष ७० की वृद्धा मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

प्रहरीका अनुसार आमा छोरी मनहरी ३ पर्सा वन्यजन्तु आरक्ष क्षेत्रको जंगलमा घाँस काट्न जाँदै गर्दा उनीहरुलाई बाटोमा नै जंगली हात्तीले लखेटेर बृद्धा थापाको ज्यान गएको हो। उक्त घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology