• Wednesday 26th of February 2020

एट्लेटिको मड्रिडलाई पराजित गर्दै सुपर कपको उपाधि हातपार्न सफल रियल मड्रिड


  • खुल्ला संसार
  • सोम, पुस २८, २०७६

एजेन्सी ः स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले हातपार्न सफल भएको छ । रियलले आईतबार राति शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुपरकपको उपाधि हातपार्न सफल भएको हो ।

खेलमा सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी हुन सफल भयो । निर्धारित र अतिरिक्त समयको खेल गोल रहित अर्थात बराबरीमा सकिएपछि उक्त खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो।

एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे भने पेनाल्टीमा चुकेका थिए । रियलले १० खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो । खेलको अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

खेलको पहिलो हाफमा जोआओ फिलिक्सले केही राम्रो अवसर पाएका थिए । तर उनले गोल भने गर्न सकेनन् त्यस्तै रियलले खेलको दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो । ११ औ पटक स्पेनिस सुपर कपको उपाधि रियलले उचालेको हो ।

गत सिजन रियलले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । बार्सिलोना लिग विजेता र कोपा डेल रेको फाईनल खेलेको टिम बनेपछि रियल सो प्रतियोगिता खेल्नको लागी छानिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology