• Friday 29th of May 2020

यात्रुबाहक बसमा आगजनी हुँदा २० जनाको ज्यान गयो अन्य घाइते


  • खुल्ला संसार
  • शनि, पुस २६, २०७६

एजेन्सी ः नयाँ दिल्ली भारतको उत्तर प्रदेशमा एक यात्रुबाहक बसमा आगजनी हुँदा लगभग २० जनाको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमकाअनुसार सो दुर्घटनामा परेर अन्य २५ जना घाइते भएका छन्।

कतिपयले उक्त बसबाट हामफालेर समेत आफ्नो ज्यान बचाएका छन्। यो घटना उत्तरप्रदेशको कन्नौजको छिबरामउमा हिजो अर्थात शुक्रबार राति भएको हो। सो बसमा ४५ जनाभन्दा बढी यात्रु रहेको बताइएको छ तर यतिनै भनेर संख्या भने यकिन भैसकेको छैन।

बसमा आगजनी हुनुको कारण भने खुलेको छैन। उक्त घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आइका अध्यक्ष राहुल गान्धीले समेत दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology