• Wednesday 26th of February 2020

कार दुर्घटना हुँदा एक भारतीय नागरीकको ज्यान गयो अन्य दुई घाइते


  • खुल्ला संसार
  • शुक्र, पुस २५, २०७६

काठमाडौं ः मकवानपुरको हेटौंडा(भैंसे(पालुङ सडकखण्ड अन्तर्गत भीमफेदीको अगोरमा कार दुर्घटना भएको छ । उक्त दुघृटनामा परेर एक जना भारतीय नागरिकको ज्यान गएको छ भने अन्य दुई जना भारतीय नागरिक घाइते भएका छन् ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा बा।१ य १२८३ नम्बरको कारमा सवार रहेका भारतीय नागरिक बर्ष ४५ का सन्तोष सल्वा कुमार रहेको प्रहरीले बताएको । शुक्रबार बिहान भीमफेदी गाउँपालिका(९ अगोरस्थित सडकमा कार अनियन्त्रित भई सडकबाट लगभग २० मिटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका सन्तोषको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ । सोही दुर्घटनामा घाइते भएका २ जना भारतीय नागरिकको सोही अस्पतालमा उपचार भइरहेको र कार चालकलाई नियन्त्रणमा लिएर उक्त दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology