• Wednesday 26th of February 2020

फेरी घट्यो सुनको भाउ तोलाको कति ?


  • खुल्ला संसार
  • बिहि, पुस २४, २०७६

काठमाडौं ः आज नेपाली बजारमा सुनको भाउ केही घटेको छ । हिजो अर्थात बुधबार प्रतीतोला १ हजारले बढेर प्रतीतोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतीतोला ७२ हजर २ सय रुपैयाँ कारोबार भएको छ । आज चाँदीको भाउमा पनि सामान्य गिरावट भएको छ। आज चाँदी प्रतीतोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ। हिजो बुधबार चाँदी तोलाको ९२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology