• Wednesday 26th of February 2020

नापोलीलाई पराजित गर्दै ईन्टर मिलान शीर्ष स्थानमा


  • खुल्ला संसार
  • मङ्ल, पुस २२, २०७६

एजेन्सी ः रोमेलु लुकाकु चम्किदा ईन्टर मिलानले सिरि ए फुटबलको शीर्ष स्थानमा रहन सफल भएको छ । सोमबार राति भएको उक्त खेलमा नापोलीलाई ईन्टर मिलानले ३–१ गोलको अन्तरले पराजित गरेको हो ।

उक्त खेलमा ईन्टरको जितमा लुकाकुले दुई गोल गरे । त्यस्तै खेलमा लौरेन्टो मार्टिनेजले एक गोल गरे । खेलमा नापोलीका आर्काडियाउज मिल्लिकले एक गोल फर्काए । खेल सुरु भएको १४ औं मिनेटमा लुकाकुको गोलमा पाहुना टोली ईन्टरले अग्रता लिएको थियो ।

फेरी उनैले खेलको ३३ औं मिनेटमा ब्यक्तिगत अर्को दोस्रो गोल गर्दै ईन्टरलाई अगाडी बढाए । घरेलु टोली नापोलीका मिल्लिकले गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर खेलको ६२ औ मिनेटमा मार्टिनेजले गोल गर्दै ईन्टरको जित सुनिश्चित गरेका थिए ।

७४ मिलियन पाउण्डमा गत अगष्टमा म्यान्चेष्टर युनाईटेडबाट सिरि ए आएका लुकाकुले सिजनमा मात्र १४ गोल गरिसकेका छन् । जितसँगै ईन्टर ४५ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नापोली २४ अंक बनाउँदै तालिकाको आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology