• Sunday 23rd of February 2020

एउटै माछा यति धेरै मुल्यमा बिक्री


  • खुल्ला संसार
  • मङ्ल, पुस २२, २०७६

एजेन्सी ः एउटै माछा जापानमा १८ लाख अमेरिकी डलर लगभग नपाली १८ करोड रुपैयाँमा बिक्री भएको छ। नयाँ बर्षको अवसरमा कियोसी किमुराले खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि उक्त रकम खर्चेका हुन्।

आईतबार बजारमा भएको सो लिलाम बढाबढमा किमुराले तोयोसु माछा किनेका हुन्। यो माछालाई जापानको उत्तरी अओमारीमा समातिएको थियो। एउटै माछाका लागी किमुराले यति ठुलो रकम खर्चेपनि यो नै रेकर्ड चाहिँ होइन।

यो भन्दा पहिले अर्थात गत बर्ष आयोजित लिलाम बढाबढमा एउटै माछा ३१ करोड रुपैयाँमा बिकेको थियो। विश्व वन्यजन्तु कोषका अनुसार ब्लुफिन पनि विशाल टुना माछाहरु लगभग ४० बर्षसम्म पनि बाँच्‍न सक्छन्।

संकटापन्न अवस्थामा रहेका यी माछाहरु लगभग १० फिटसम्म लामा हुनछन्।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology