• Wednesday 26th of February 2020

कसले गर्‍यो देशभर रहेक एनसेल टावरमाथी आगजनी


  • खुल्ला संसार
  • बिहि, पुस १७, २०७६

काठमाडौं : हिजोआज देशको विभिन्न ठाउँमा एनसेलका टावर माथी आगजनी गरिएको समाचार सार्वजनिक भइरहेको आवस्थामा भर्खरै अज्ञात समूहले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित रहेको एनसेल टावरमाथि आगजनी गरेको समाचार सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार सो क्षेत्रमा रहेको टावरमा कसले गरेको भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ ।

मंगलबार बेलुका नै चितवनको कालिका नगरपालिका–९ मिलनबजारमा रहेको एनसेलको टावरमा पनि आगजनी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology