• Wednesday 26th of February 2020

भारतका ७५ प्रतिशत स्कुले बालिका यौन सम्बन्धमा रहने गरेको खुलासा


  • खुल्ला संसार
  • मङ्ल, पुस ८, २०७६

एजेन्सी : १२ कक्षामा पढ्ने छोराछोरीको यौन सम्बन्धका कारण भारतीय अभिभावक अत्याधिक समस्यामा पर्नेको एक अनुसन्धानले खुलासा गरेको छ । उनीहरूलाई यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको सो अध्यानले देखाएको हो ।

यौनका विषयमा शिक्षा नदिएकै कारण ७५ प्रतिशत किशोरीले ११ देखि १२ कक्षाको पढाइकै क्रममा यौन सम्बन्ध कायम राख्ने गरेको पनि अध्ययनका क्रममा खुलेको छ । ‘करीव ७५ प्रतिशत युवतीले स्कुलमा पढ्दाकै अवस्थामा यौन सम्बन्ध राख्ने गरेका छन्,’ अध्ययनको प्रतिवेदनमा भनिएको छ, ‘स्कुलमा पढ्ने उमेरमा यौन सम्बन्ध राख्दा यौनको लत अत्याधिक हुने गर्छ ।’

उचित यौन शिक्षा नदिने हो भने यौन सम्बन्धको लतले विकराल अवस्था ल्याउने पनि उक्त अनुसन्धानले सुझाएको छ । यौन सम्बन्धको लत बढ्दै गएका युवतीलाई यौन सम्बन्ध कायम नगर्दासम्म सन्तुष्टि नमिल्ने र यो मानसिक समस्याको रूपमा बाहिर आउने अनुसन्धानमा बताइएको छ ।

अनुसन्धान प्रतिवेदनका अनुसार महानगरहरूमा बसेर पढ्ने तथा हुर्केका युवती ३८ घण्टा फजुल काममा व्यस्त हुने गरेका छन् । त्यसमा च्याटिङ्ग, ब्राउजिङ्ग, फोनमा कुराकानी, एसएमएस, र क्सी पिउने र सेक्स सम्बन्ध कायम गर्ने नै उनीहरुको दिनचार्य रहेका छन् ।

त्यस्तै भारतीय सञ्चारम माध्यमहरूले जनाएअनुसार भारतमा कक्षा १२ मा पढ्ने किशोरीले हमेसा गोजीमा क ण्डम लिएर हिड्ने गर्छन् । जुनसुकै बेला यौन सम्बन्ध कायम गर्नुपर्ने भएकाले कण्डम बोक्नु परेको त्यस्ता युवतीहरुको प्रतिक्रिया छ ।

महानगरहरुमा युवती र युवाहरुमा मल्टिपल डेटिङको कन्सेप्ट पनि बढी रहेको छ । एउटै समयमा एकभन्दा बढी ब्वायफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने युवा युवतीको कार्यबाट अभिभावकहरु चिन्तित छन् ।

भारतीय सञ्चारमाध्यमले यौनसम्बन्धी शिक्षा भारतका लागि अनिर्वाय भई सकेको जनाएका छन् । उनीहरुले कुनै पनि व्यक्तिलाई यौन सम्बन्ध राख्ने खुबै चाहन हुने गरेको छ भने जीवनयापनमा सुधार अनिवार्य रहेको जनाएका छन् ।

सेक्स सम्बन्धि फिल्म, चित्र हेर्न खुब मन पर्छ भने त्यसलाई केही कम गर्नै पर्ने समाचारमा जनाईएको छ । यौन सम्बन्ध राख्ने लत बढेपछि किशोरीलाई इन्टरनेटमा अत्याधिक मोह हुने गरेको जनाइएको छ । उनीहरुले इन्टरनेटमा नाङ्गा तस्वीर हुर्ने, टेलिफोनमा सेक्सका कुरा गर्ने, पोर्न फिल्म हेर्ने गरेका छन् ।

यही कारण ४० प्रतिशत युवतीहरु अचानक गर्भवती हुने गरेका छन् । यसले धेरै समस्या जन्माएका पनि छन् । यौन लतकै कारण ७० प्रतिश्त वैवाहिक जीवन पनि बिग्रने गरेको पनि उक्त अनुसन्धनले खुलासा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology