• Wednesday 26th of February 2020

विप्लव नेकपाका स्याङ्जा जिल्ला इन्चार्जसहित २ जना पक्राउ


  • खुल्ला संसार
  • शुक्र, मंसिर २७, २०७६

काठमाडौं : सरकारले राजनीति प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गतेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका १ का ३२ वर्षीय जीवन क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी मित्रबन्धु शर्माले जानकारी दिएका छन् ।

उनीहरूलाई गोरखाको सदरमुकामको घ्याम्पेसाल चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका पराजुली स्याङजाका जिल्ला इन्चार्ज र क्षेत्री सामान्य कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरि कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology