• Wednesday 26th of February 2020

पुरुष क्रिकेटमा बंगलादेशद्धारा नेपाल पराजित


  • खुल्ला संसार
  • शनि, मंसिर २१, २०७६

काठमाडौं ः १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगतको पुरुष क्रिकेटमा बंगलादेशसँग नेपालले हार व्यहोरेको छ । खेलमा बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भने भेट्टाउन सकेन। बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन जोडेको थियो।

जवाफीमा व्याटिङ गरेको नेपालले ४४ रनले हार व्यहोरेको हो। खेलमा नेपालले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्रै जोड्न सक्यो। महिला क्रिकेटतर्फ भने नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ। उक्त खेल पोखरा क्रिकेट मैदानमा चलिरहेको छ।

तीन वट खेलमध्येमा १ खेलमा जित र दुइवटा खेलमा हार ब्यहोरेर नेपाली महिला टीम अंकतालिकाको तेस्रो स्थानमा रहेको छभने यता मालदिभ्स तीनै खेलमा हार ब्यहोरेर तालिकाको पुच्छारमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology