• Friday 29th of May 2020

बिमान दुर्घटनामा परी ९ जनाको ज्यान गयो


  • खुल्ला संसार
  • सोम, मंसिर १६, २०७६

एजेन्सी संसारभर कुनै न कुनै घटना सार्वजनिक भइरहेको अवस्थामा भर्खरै। संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा भएको बिमान दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ ।

हिउँदे हिउँआधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत ३ जना सख्त घाइते भएका छन् । ज्यान जानेमा २ बालबालिका पनि रहेका छन् ।

एकल इन्जिनको पिलाटस पिसी(१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।

ज्यान जानेमा बिमानका पाइलट पनि रहेका छन् । बिमानमा कूल १२ जना सवार थिए । उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय बिमानस्थलतर्फ उडिरहेको अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology