• Friday 29th of May 2020

बलात्कारको आरोप लागेका सिद्धबाबालाई पक्राउ गर्न गएको प्रहरी त्यतिकै फर्कियो


  • खुल्ला संसार
  • सोम, मंसिर १६, २०७६

विराटनगर ; नेपालमा दैनिक रुपमा बालात्कार हत्या हिंसा बढिरहेको अवस्थामा यौन दुव्र्यवहार गरेको आरोपमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई नियन्त्रणमा लिन गएको प्रहरी त्यतिकै फर्किएको छ ।

विराटनगरको विराट नर्सिङ होममा पक्राउ गर्न गएको प्रहरी खाली हात फर्किएको हो। आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा प्रहरी टोली अस्पताल पुगेको थियो।

केही दिनदेखि विराट नर्सिङ होममा उपचार गराइरहेका कृष्णदासलाई हर्ट अट्याक भएको भन्दै प्रहरी त्यत्तिकै फर्किएको हो।कृष्णदासलाई हर्टहट्याक भएको भन्दै भेन्टिलेटरमा राखिएको थाह पाएपछि प्रहरी टोली अलमलमा परेको थियो। विराट नर्सिङ होमले गिरीलाई हृदयघात भएको बताउँदै आइसियुमा भर्ना गरेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी शर्माले बताएका छन् ।

अदालतबाट पक्राउ पुर्जी आइसकेको छ। त्यसैले पक्राउ गर्न आएको हो’, उनले भने,‘तर हर्ट अट्याक भएर आइसियुमा उपचार भइरहेको रहेछ। आइसियुबाहिर प्रहरी निगरानीमा राखिएको छ।

’आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै अदालत लैजान भन्दै डिएसपीको नेतृत्वमा प्रहरी टोली आएको थियो। तर चिकित्सकले उनलाई हर्ट एट्याक भएकाले बाहिर लान नमिल्ने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology