• Friday 29th of May 2020

जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी


  • खुल्ला संसार
  • आइत, मंसिर १५, २०७६

काठमाडौँ संसारभर विभिन्न देशका भूकम्पले तरासमा राखेको समयमा भर्खरै जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्पले धक्का दिएको छ ।

यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने आएको छैन सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology