• Friday 29th of May 2020

ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा सात जनाको ज्यान गयो


  • खुल्ला संसार
  • आइत, मंसिर १५, २०७६

सुनसरी ; हाम्रो देशमा दैनिकरुपमा सवारी दुर्घटनामा मानिसको ज्यान जाने गरेको छ । त्यस्तै भएको छ । सुनसरीको हरिपुरमा जहाँ ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको ज्यान गएको छ ।

वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो। प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालको अनुसार सातै जनाको घटनास्थलमै ज्यान गएको हो।

ज्यान जानेमा उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology