• Wednesday 26th of February 2020

बेपत्ता पत्रकार खड्काको परिचयपत्र सहित अस्थिपञ्जर भेटियो, नेपाल पत्रकार महासंघद्धारा बैज्ञानिक परीक्षण गर्न माग


  • खुल्ला संसार
  • बुध, मंसिर ११, २०७६

कालिकोट बेपत्ता भएको १५ महिना पछि नेपाल पत्रकार महासघंका डोटी शाखा सदस्य तेजबहादुर खड्काको हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । \

बाजुरामा रहेको रेडियो बुढीनन्दामा कार्यरत पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामानहरु भेटिएकोले घटना रहस्यमय हुन सक्ने हुँदा सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न महासंघ माग गरेको हो ।

वेपत्ता भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा हड्डीसहित सामानसँगै अस्थिपञ्जरसमेत केही दिन पहिले फेला परेको थिय । उनी २०७५ भाद्र १० गते करिव १४ हजार फिटको उचाइमा रहेको बाोजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा सम्पर्कविहीन भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology