• Sunday 23rd of February 2020

जथाभावी हर्न बजाउने सैयौँ सवारी कार्बाहीमा


  • खुल्ला संसार
  • मङ्ल, मंसिर १०, २०७६

राजधानीलाई २०७४ बैशाख १ गतेदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । तैपनि नियम बनाएको यतिधेरै समय भइरहदा अहिलसम्म जथाभावी हर्न बजाउनेको संख्या कमी आउन सकेको छैन ।

जथाभावी हर्न बजाउने एक सय ८८ सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार कारवाही गरेको छ । महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६ सय २३ सवारीसाधनलाई कारवाही गरिसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताएका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १६४ को ग अनुसार ध्वनी संकेत निषेध गरिएको ठाउँमा ध्वनी दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर पाँच सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology