• Wednesday 26th of February 2020

तपाइहरुलाई थाहा छ,अबदेखि नयाँ बसपार्कमा मदिरा सेवन गर्नेलाई यस्तो कार्बाही हुन्छ


  • खुल्ला संसार
  • मङ्ल, मंसिर १०, २०७६

काठमाडौँको गंगबुमा रहेको नयाँ बसपार्कमा मदिरा निषेध गरिएको छ ।

मदिरा ओसारपोसार र धूम्रपान निषेध क्षेत्र घोषणा गरिएको हो मदिरालाई पुर्णरुपमा निषेध गरिएपनि धूम्रपानको लागि भने केही स्थान छुट्ईएको छ । अबदेखि जहाँ पाए त्यँही चुरोटका ठुटा फाल्न पाईने छैन ।

प्रहरी प्रभागका बसपार्कस्थित प्रमुख सन्तोष दाहालले नमुना बसपार्क बनाउने प्रयासका लागि यी कामहरू भइरहेको बताएका छन् । उनले भने, ‘‘बसपार्कभित्र चोरी, डकैती, पकेटमारी र अश्लील क्रियाकलाप पनि पूर्णरूपमा नियन्त्रण गरिएको छ। यो काममा सबैको साथ छ।

’’सुर्तीजन्य पदार्थ पानगुट्खा, पानसुपारी, खैनी र चुरोट खाएर यत्रतत्र थुक्ने, फोहोर फाल्ने कार्य रोक्न फोहोर फ्याक्ने भाँडोको व्यवस्था गरिएको छ। तर पनि प्रयोगमा थप कडाइ नगर्दा बसपार्कको सडक भित्ता, गमला र भवनको पर्खाल फोहोर हुने गरेका छन् ।

बसपार्क व्यवस्थापनको ठेक्का लिएका लोत्से बहुउद्देश्यीय प्रा .लिका प्रमुख इन्जिनियर दीपक कुँवरले बसपार्क व्यापार व्यवसायको हबभन्दा सर्वसाधारण यात्रुको सुविधाका लागि हुनुपर्ने भावनामा काम भइरहेको बताए।

बसपार्कलाई हरियाली वातावरण मैत्री उद्यानहरू, सार्वजनिक शौचालयको सुविधायुक्त र प्रदेश अनुसार टिकट काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology