• Wednesday 26th of February 2020

ग्लोबल आइएमई बैँक र जनता बैंक मर्च भएर बैंकको नाम ग्लोबल आएमई र अध्यक्षमा चन्द्र ढकाल


  • खुल्ला संसार
  • शनि, कार्तिक ९, २०७६

काठमाडौँ ; ग्लोबल आइएमई र जनता बैंक मर्च भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका गरेका हुन ्। दुवै बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृतिपश्चात एकीकृत कारोबार सुरु गर्ने छन्।

यी दुई बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आइएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ।हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैकका अध्यक्ष ढकालले मर्जरपछि ग्लोबल आइएमई बैक सबैभन्दा ठूलो बैक भएकाले निकट भविष्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताए।

मर्जरपछिको बैकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँचजना र जनताको तर्फबाट दुईजना सदस्य रहने सहमति गरिएको छ। मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्बभन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ।

त्यस्तै, बैकको शाखा सञ्जाल ३ सयभन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहेर कार्य सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology