• Sunday 23rd of February 2020

खेलकुद गतिविधि हेरिरहेका ४२ जना विद्यार्थी बराण्डा भत्किँदा घाइते


  • खुल्ला संसार
  • बुध, कार्तिक ६, २०७६

काठमाडौं ः काठमाडौंको धर्मस्थलीमा रहेको विद्यालयको बरण्डा भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा खेलकुद गतिविधि भएको समयमा बरण्डामा बसेरहेरिरहेका विद्यार्थीहरु उक्त बरण्डा भत्किँदा घाइते भएका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुले बताए अनुसार घाइते भएका विद्यार्थीहरुलाई उपचारका लागी बालाजुको ग्रिनसिटी अस्पतालमा ल्याइएको छ । घाइते भएका विद्यार्थीहरु ६ देखि १२ वर्ष उमेर समुहका छन् ।

घाइते भउका कतिपय विद्यार्थीहरुको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले बताएको छ । उक्त बराण्ड विद्यालयमा खेलकुद गतिविधि भइरको समयमा धेरै विद्यार्थी बसेकाले भार थाम्न नसकेर बराण्ड भत्किएको प्रहरी निरीक्षक बाल नरसिंह राणाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology