• Sunday 23rd of February 2020

स्वास्थ्य इकाइमा नै सुत्केरी महिलाको ज्यान गयो


  • खुल्ला संसार
  • सोम, भदौ ३०, २०७६

काठमाडौं ः शिवनाथ गाउँपालिकामा एक सुत्केरी महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नम्बर १ गाउँसल्लाकी बर्ष २१ की श्रीमती गौमती चाँड रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छाबाटामा शिशुलाई जन्म दिए पश्चात् आइतबार अपराह्नतिर गौमती चाँडको ज्यान गएको हो। शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

मृतक महिलाका श्रीमान रोजगारीको लागी भारतमा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology