• Wednesday 26th of February 2020

चाउचाउ खाँदा बालिकाको ज्यान गयो


  • खुल्ला संसार
  • शनि, भदौ ७, २०७६

काठमाडौँ ; हामीहरु धेरैले चाउचाउलाई खाजाको रुपमा प्रयोग गर्ने गरेका छौँ । सबैलाई मनपर्ने चाउचाउले हाम्रो शरिरलाई एक किसिमको गम्भिर रोगको सिकार बनाउन सक्ने समस्या त त्यतिकै रहेको छ ।

तर धनुषामा चाउचाउ खाएर एक बालिकको ज्यान गएको खबर सार्वजनिक भएको छ । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत अवस्थामा भेटिएकी हुन् । आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सँगै सुतेका थिए ।

बिहानको समयमा बालिका मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिएका छन् । चाउचाउ खाएका आमा र छोरा सिकिस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गरिएको बताईएको छ । आमा छोरोको स्थानीय पपुलर अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । मृतक बालिकाको लाश पोष्ट,मार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएका कारण चाउचाउकै कारण काजलको ज्यान गएको हुन सक्ने अनुमान गरिएपनि पुष्टि हुन सकेको छैन । मृतक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको प्याकेट प्रहरीले बरामद समेत गरेको छ ।

बालिकाको ज्यान जनु र एकै परिवारका २ जना सिकिस्त हुँदा थप विवरण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमूना संकलन गरेर घटनाको अनुसन्धान गरिरहेको बताईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology