• Wednesday 26th of February 2020

राहत बोकेर उडेको हेलिकोप्टर दुर्घटना भएपछि


  • खुल्ला संसार
  • बिहि, भदौ ५, २०७६

एजेन्सी ः हेलिकोप्टर दुर्घटना हुँदा ३ जनको ज्यान गएको छ । राहत लिएर गएको एक हेलिकोप्टर भारत उत्तराखन्डको उत्तरकाशीमा दुर्घटना भएको हो । भने सो दुर्घटनामा विमान चालकसहित ३ जनाको ज्यान गएको हो ।

निजी कम्पनीको उक्त हेलिकोप्टर यहाँ बाढीपिडितका लागि राहत लिएर आएको थियो । सो हेलिकोप्टर मोरीबाट राहत सामग्री लिएर मोल्दीतर्फ लागेकोआपद प्रबन्धन विभागका अधिकारी देवेन्द्र पटवालले बताउनु भयो ।

हेलिकोप्टर राहत दिएर फर्कदै गर्दा दुर्घटना भएको हो । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्यमा संलग्न भारत–तिब्बत सीमा प्रहरीले हेलिकोप्टर दुर्घटनामा परेको देखेका थिए । दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरकाशी मोरी तहसीलको अराकोट, माकुड़ी र तिकोचीमा केही ठाउँमा चट्याङ परेको थियो । पछिल्लो दिनमा लगातार परिरहेको वर्षाले यहाँका नदिहरुमा पानीको बहाव लगातार बढ्दै गइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology