• Sunday 23rd of February 2020

भारतीय टेलिभिजन च्यानल जीटिभीको ‘सारेगमपमा तेस्रो स्थान बनाउन सफल इटहरीका प्रितम आचार्य


  • खुल्ला संसार
  • सोम, जेष्ठ २७, २०७६

काठमाडौं ः भारतीय टेलिभिजन च्यानल जीटिभीको ‘सारेगमप लिटल च्याम्प्स’ मा इटहरी–५ का ११ वर्षे प्रितम आचार्यले तेस्रो स्थान बनाउन सफल भएका छन् । आइतबार भएको प्रतियोगिताको फाइनलमा उनी ‘सेकेन्ड रनरअप’ भएका हुन् ।

यो प्रतियोगिता सुगन्धा दातेले जित्दा मोहम्मद कैफ दोस्रो भए । अर्का नेपाली शीर्ष ६ मा परेका भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पनि पर्न सकेनन् ।

जीटिभी रियालिटी शो’को लागि नेपालबाट अन्तिम प्रतिस्पर्धासम्म पुगेका यी दुबैले ‘ग्र्यान्ड फाइनल’ सम्म निर्णायक र पाहुनाहरूको वाहवाही बटुलेका थिए ।

कार्यक्रममा तेस्रो स्थान बनाउन सफल रहेका प्रितमले भने पहिलेदेखि नै निर्णायक मण्डल र ‘सेलेब्रिटी’ पाहुनाहरूसबैको मन जित्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology