• Wednesday 26th of February 2020

तत्कालीन विदेश सचिव जय शंकर बने बिदेश मन्त्री


  • खुल्ला संसार
  • शुक्र, जेष्ठ १७, २०७६

काठमाडौँ ; भारतीय जनता पाटीैले भर्खरै भर्खरै भएको लोकसभा निर्वाचनम बहुमत प्राप्त गरेपछि दोस्रो कार्यकालको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण गरेका छन् ।

उनको मन्त्रीपरिषदमा भारतीय बिदेश मत्रीको रुपमा एस जयशंकरले शपथ ग्रहण गरेका छन् ।भने उनी २०७२ साल असोजमा भारतले लगाएको नाकाबन्दीका योजनाकारको रुपमा पनि लिने गरिन्छ । छ महिनासम्म भएको नाकाबन्दीले नेपाली जनतालाई धेरै दुख कष्ट झेल्नु परेको थियो ।

मोदीको पहिलो कार्याकालमा बिदेश मन्त्रीको जिम्मेवारी समालेकी भारतीय बिदेशमन्त्री सुष्मा स्वराज अहिले मन्त्रीपरिषदको लिष्टमा नै छैनन् । त्यस्तै गृहमन्त्रीको जिम्मा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई दिईएको छ ।

यस अघिका गृहमन्त्री राजनाथ सिंहले रक्षा मन्त्रालयको जिम्मा पाएका छन् । त्यस्तै अर्थमन्त्रीमा अर्थमन्त्री निर्मला सिथारमन बनेकी छन् । पहिलो कार्यकालका अर्थमन्त्रीका अरुण जेट्ली यो मन्त्रीपरिषदमा दोहोरीएनन् ।

जय शंकर नेपालमा नाकाबन्दी लगाउने मध्यका एक जना योजनाकारको रुपमा लिने गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology