• Wednesday 26th of February 2020

मकै सेवन गर्नाले हुने फाईदाहरु


  • खुल्ला संसार
  • शनि, जेष्ठ ११, २०७६

१ ताजा कलिला मकै मा प्रशस्त रेशा हुन्छृ

ताजा कलिला मकै मा प्रशस्त रेशा छ । यस किसिमको रेशा तत्वले कोलेस्टरोलको अनुपातलाई सन्तुलन पार्न सक्छ । त्यसैले पित्त थैलीमा कोलेस्टरोल जम्नबाट मुक्त हुन्छ र पित थैलीमा पथर जम्नबाट रोक्न सकिन्छ ।

बनस्पतिभित्रको रेशा अर्थात पेक्टिन र आन्द्राभित्रको पित्तभित्रको एसिडसित मिलेर सोस्न नसक्ने एक किसिमको पदार्थ बन्नेछ । यसबाट बाइल एसिडलाई कलेजोभित्र फट्टाउन प्रबर्द्धन गरिन्छ ।

त्यसैले रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सकिन्छ त्यसैले ताजा कलिला मकै खाएमा मुटुको रोग, मस्तिष्कमा रगतको टुक्रा जम्ने रोगको निवारण गर्न सकिन्छ । प्रशस्त रेशातत्व भएका मकै खाएमा आन्द्रालाई राम्रोसंग चल्न सहायक मिल्छ ।

त्यसैले उचित रुपमा कब्जीयत हटाउन सकिन्छ । विषालु पदार्थ आन्द्रामा टांस्न सक्दैन । बारंबार उसिनिएका ताजा कलिला मकै खाएमा कब्जीयतको रोग, हर्साको रोग, आन्द्राको क्यान्सर तथा पाचन थैलीको रोग निवारण गर्न सकिन्छ ।

२ दांतको संरक्षण र बलियो पार्ने मकैको क्षमता हुन्छ ृउसिनिएका वा पोलिएका मकै खांदा दाँतले बेसरी चपाउनुपर्छ । यसबाट दाँतलाई बलियो पार्न सकिन्छ साथै मुखभित्र बढी थुक आउन र गिजालाई बलियो पार्न सकिन्छ । बुढाबूढीहरुका दाँत बलियो हुदैनन त्यसैले ताजा कलिला मकै का दानालाई टुक्रा टुक्रा पारी जाउलो पकाएर खानु बेस हुन्छ ।

३ ताजा कलिला मकैमा प्रशस्त्र भिटामिन पाइन्छ
ताजा कलिला मकैमा प्रशस्त्र भिटामिन पाइन्छ । त्यसैले जीवकोषलाई फट्टाउन प्रबार्द्धन गर्ने तथा पतन हुने अवस्थाबाट जोगाउने, रगतभित्रको कोलेस्टरोललाई कम पार्ने, छालाको रोग निवारण गर्ने तथा धमनीको कडाईलाई हल्का पार्ने तथा मस्तिष्कको क्षमतालाई ह्रास हुन नदिने मकैको क्षमता छ ।

ताजा कलिला मकै भित्रको भिटामिनले प्रोढ र बृद्ध अवस्थामा आँखा सुक्खा हुने रोग, ब्रोन्काइटिक्स, छाला सुक्खा हुने तथा स्नायुतन्तुको सम्वेदन क्षमता हराउने रोग निवारणका लागि केही भूमिका निर्वाह गर्छ । ताजा कलिला मकैमा हुने लिसिन मानिसका लागि आवश्यक पोष्टिक पदार्थ हो । अनुसन्धानको नतीजा अनुसार बढी ताजा कलिला मकै खाएमा क्यान्सर भएका रोगीका लागि निकै फाइदा छ ।

किनभने क्यान्सरको औषधिबाट मानिसलाई नराम्रो असर पर्छ । यस किसिमको असर नियन्त्रण गर्ने ताजा कलिला मकै को क्षमता छ । कब्जीयतको रोग र पित्तको पथर हुने रोग निवारण गर्न सक्ने ताजा कलिला मकै को क्षमता छ ।

४ मकैमा प्रशस्त्र पोषण तत्व हुन्छृ
मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ ।

मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरु पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ । स्रोत विकिपिडिया

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology