• Wednesday 26th of February 2020

मोटरसाइकल र पावर लिटर एकपसमा ठोक्ँिकदा १ जनाको ज्यान गयो


  • खुल्ला संसार
  • बिहि, जेष्ठ ९, २०७६

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दाङको घोराही तुलसिपुर सडक खण्डको घोराही १६ रावतगाँउ चोक नजिकै लु ४७ प १५४७ नम्बरको मोटरसाईकल ना ५ ख ९८५३ नम्बरको पावर लिटरसँग ठोक्किँदा सवार तुलसिपुर उपमहानगरपालिका १४ पहली बस्ने २४ बर्षकी पुजा परियारको ज्यान गएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएकी परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचार गर्ने क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक पहलीकै गुमान बिक गम्भिर घाइते भएका उनको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विनोदविक्रम शाहले बताएका छन् ।

दुबै सवारी साधन सहित पावर लिटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology