• Wednesday 26th of February 2020

सगरमाथाको सफाई तिब्र,बेस क्याम्प सफाईको क्रममा ४ वटा शव भेटिए


  • खुल्ला संसार
  • आइत, बैशाख १५, २०७६

विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको बेस क्याम्पमा सफाई गर्ने क्रमा ४ वटा शव फेला परेका छन् । सगरमाथा सफाईको लागि अभियानसहित बेस क्याम्पमा पुगेको टोलिले ४ वटा शव भेटिएको बताएको छ ।

उक्त अभियान टोलिमा संस्कृति नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताएका छन् । उनका अनुसार बैशाख १ गतेबाट सुरु भएको सफाई अभियान सगरमाथाको बेस क्याम्पमा पुगेको छ । उक्त अभियानको क्रममा करिब ३ हजार किलो फोहोर संकलन गरिएको छ र १ हजार किलो फोहोर हेलिकप्टरबाट काठमाडाँै ल्याइएको छ ।

सगरमाथाको फोहोर सफाई गर्नको लागि करिब १२ जनाको जनशक्ति परिचालन गरिएको छ । भने उक्त फोहोर संकलनको लागि करिब २ करोड ३२ लाख लाग्ने अनुमान गरिएको छ । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology