• Wednesday 26th of February 2020

धर्म प्रचारप्रसारमा बालबालिकाको प्रयोग


  • खुल्ला संसार
  • शनि, पुस ७, २०७५

काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाको प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे । १० देखि १३ वर्षसम्मका बालबालिका हातमा दर्जनौँ पुस्तक लिएर हिँडिरहेको अवस्थामा भेटिएका हुन् ।

बनेपा नगरपालिकाका मुक्ति विष्टले पछिल्लो समय बालबालिकालाई यसरी प्रयोग गर्नेको सङ्ख्या बढ्दै गइरहेको बताउँन्ल लहेनुहोस् अङ्कल यो किताब पढ्नुुस् है भन्दै सानासाना बालकले क्रिश्चियन धर्मसम्बन्धी पुस्तक दिएर गए उनले भने । केही नबुझ्ने बालबालिकालाई किन प्रचारमा पठाइएको होलान् उनको प्रश्न थियो । आफूलाई युसुफ बताउने पुस्तक बाँडिरहेका १२ वर्षका बालकले चर्चको अङ्कलले बजारका पसल र बाटोमा हिँड्ने मान्छेलाई पुस्तक दिनु भनेर पठाएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सम्पर्क

    Subscribe

© copyright 2019 and all right reserved to Khulla sansar | Site By : SobizTrend Technology